बागमती प्रदेश लोकसेवा आयोगद्वारा ७१३ कर्मचारी नियुक्त

बागमती प्रदेश लोक सेवा आयोगले स्थापनादेखि हालसम्म विभिन्न पदमा ७१३ कर्मचारी नियुक्त गरेको छ ।

आयोगले स्थापनाको ४ वर्षमा स्थानीय र प्रादेशिक संरचनाका विभिन्न निकायमा रिक्त विभिन्न पदमा स्थायी नियुक्ति प्रदान गरेको हो ।

आयोगको तथ्याङ्क अनुसार, सहायक स्तर चौथो र पाँचौँ तहका विभिन्न सेवा समूहका ६७२ जना र अधिकृतस्तर छैटौँदेखि नवौँ तहसम्मका ४१ जना कर्मचारी नियुक्ती भएका हुन् ।

बागमती प्रदेश लोक सेवा आयोगका सचिव बाबुराम ज्ञवालीले बागमती प्रदेश सरकार र प्रदेशभित्रका स्थानीय तहका निकायमा विभिन्न सेवा, समूह, उपसमूह र तहका रिक्त पदमा उपयुक्त उम्मेदवार छनोट गरी पदपूर्तिका लागि नियुक्ति गर्दै आएको बताए ।

समाचार