हेटौंडा-२ चौकीटोलस्थित खाद्य संस्थानको कोठाभित्र पुरुषको शव फेला

हेटौंडा । मकवानपुरको हेटौंडा-२ चौकीटोलस्थित खाद्य संस्थानको खुला कोठाभित्र शनिबार एक जना पुरुषको शव फेला परेको छ ।

अन्दाजी ५४ बर्षीय पुरुष सुतिरहेको स्थानमा मृत अवस्थामा भेटिएका हुन् । उनको पहिचान नखुलेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । घटनास्थल मुचुल्कापछि शव हेटौंडा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । शव पहिचानका लागि आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *