हेटौँडाको हुप्राचौर क्षेत्राबाट पेस्तोल सहित ३ जना पक्राउ

हेटौंडा – मकवानपुर प्रहरीले पेस्तोल र गोली सहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ हुप्राचौरस्थित एक घरको कोठाबाट सेमी अटो मेटिक पेस्तोल १ थान र गोली २० राउण्ड सहित ३ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेको विवरण शनिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रहरीले गत मंसिर १८ गते हेटौंडा–९ स्थित एक घरमा पटका पड्केको जस्तो आवाज आएपछि सुरु गरेको अनुसन्धानबाट ३ जनालाई पेस्तोल सहित पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *