ढुवानीमा भ्याट तिर्नुपर्दा सामान बोक्नै नपाएको हेटौंडाका यातायात व्यावसायीहरुको गुनासो

हेटौंडा । सरकारले ट्रकमा सामान ढुवानी गर्दा अनिवार्य रुपमा भ्याटमा दर्ता भएर मात्र ढुवानी गर्न पाउने भएपनि धेरैले यो नियम कार्यान्वयन नगर्दा भ्याट तिर्दै आएका यातायात व्यावसायीहरुले भने समस्या बेहोर्नुपरेको छ । चालु आर्थिक वर्षबाट सरकारले सामान ढुवानी गर्ने ट्रकहरुले भ्याटमा दर्ता भएर बिल काटेर मात्र ढुवानी गर्नुपर्ने नियम ल्याएपछी धेरै ट्रकधनीहरुले यो नियम लागू गरेका छैनन् ।

केहीले लागू गरेर भ्याट सहित जोडेर उद्योगीले उत्पादन गरेको सामाग्री ढुवानी गर्न नमान्दा थप समस्या भएको नारायणी यातायात व्यावसायी कम्पनि प्रालि हेटौंडाका अध्यक्ष गोकर्ण प्रसाद पराजुलीले बताउनुभयो ।

म्याट तिर्ने गाडीहरुलाई सामान ढुवानी गर्नका लागि उद्योगिले थप रकम पर्ने भन्दै नमान्दा आफुहरु समस्यामा परेको र ढुवानी गर्न समेत नपाएको उहाँले बताउनुभयो । आज नारायणी यातायात कम्पनिले हेटौंडामा पत्रकार सम्मेलन गर्दै की सबैलाई अनिवार्य रुपमा करको दायरामा ल्याउनुपर्ने की त सबैले कर तिर्नु नपर्ने व्यावस्था मिलाउनका लागि पनि उहाँले माग गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *