हेटौंडामा १० बोरा अवैध चिनी बरामद

,हेटौंडा । हेटौंडामा अवैध चिनी बरामद गरिएको छ । बिहिबार साँझ मकवानपुर प्रहरीले उपमहानगरपालिका-१५ रातोमाटेबाट १० बोरा अवैध चिनी बरामद गरेको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराबाट हेटौंडा बजार तर्फ जाँदै गरेको बागमदी प्रदेश ०३–००१ ख २५४० नम्बरको बसलाई चेकजाचका क्रममा १० वटा बोरामा रहेको करिब २५० किलो अबैध चिनी बरामद गरेको हो । प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

स्थानीय