मकवानपुरमा फेरी दुइ वटा बन्दुकसहित एक जना पक्राउ

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–११ मा भरुवा बन्दुक सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । स्थानीय ३७ वर्षिय सोम बहादुर नेसुरले आफ्नो घरमा अबैध भरुवा बन्दुक लुकाई राखेको छ भन्ने सुचना प्राप्त हुना साथ प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीलाई प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ठिगनबाट टोलि खटिएर उक्त स्थानमा उनको घरको खनतलासी लिदा निजको ढुङ्गा माटोले बनेको जस्तापाताले छायको भुईतले घरको चोटाबाट भरुवा बन्दुक २ थान र सोहिमा बन्दुकमा लाग्ने बारुद छर्रा फेला पारीएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । यसअघि पनि प्रहरीले बन्दुक सहित हेटौंडाबाट तीन जनालाई पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *