क्रिसमसले विविधतामा एकता कायम गर्न सघाउ पुगोस्: प्रदेश प्रमुख शर्मा

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले इसाई धर्मावलम्बीहरुले महत्वका साथ मनाउने क्रिसमस पर्वको उपलक्ष्यमा विविधताबीच एकता कामय गर्न सघाउ पुगोस् भनी शुभकामना दिएका छन् ।

सोमबार शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली समूदायको सुख, शान्ति, समृद्घि, सुस्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।

उनले संवैधानिक व्यवस्था अनुसार धर्म निरपेक्ष राज्य बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण रहेको उल्लेख गर्दै विविधताबीच एकता कायम गरी आपसी भाइचारा र सहिष्णुता अभिवृद्घि गर्न सबैलाई आग्रहसमेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *