हेटौंडामा आइचरको रिसेल मेला सुरु

मकवानपुर । नेपालका लागि आइचर कमर्सियल भेइकलको एकमात्र आधिकारिक वितरक बतास एमए डब्लु कमर्सियल भेइकल प्रालिले आफ्ना ग्राहकहरुको मागलाई लक्षित गर्दै हेटौंडामा रिसेल मेलाको आयोजना गरेको छ ।

मेला औपचारिक रुपमा आजबाट सुरु भएको हो । नेपाल ट्रक यातायात महासंघ र नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेल, प्रालिका पूर्व एरिया प्रमुख विजय पुडासैनी र प्रालिकै रिसेल प्रमुख परिक्षण धिमालले संयुक्त रुपमा रिबन काटेर मेलाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा श्रेष्ठले आइचर ट्रकको विशेषता र ग्राहकले रुचाउनुको प्रमुख कारण उल्लेख गर्दै विशेष माइलेज र पावर उत्कृष्ट रहेको विषयमा जानकारी दिए । यस्ता मेलाहरुले मध्यम वर्गका ग्राहकले पनि सजिलै स्वरोजगार भइ आत्मनिर्भर हुन सक्ने श्रेष्ठले विश्वास व्यक्त गरे । साथै चालकलाई लक्षित गरी रु २५ लाखको आकस्मिक थप उर्जा दिने विषयमा समेत उनले जानकारी दिए ।

कार्यक्रम आजबाट पुष १० गतेसम्म संचालन हुने जनाइएको छ । प्रालिले ग्राहकहरुको आवश्यकतालाई महसुस गर्दै यस्ता कार्यक्रमहरु बेलाबखतमा ल्याउँदै आएको र जसका कारण नेपाल सहित विश्व बजारमा आइचर ग्राहकहरुको रोजाइमा पर्ने गरेको पूर्व एरिया प्रमुख प्रमुख पुडासैनीले बताए ।

यसअघि आइचरले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेस इन्स्योरेन्स सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको उनले बताए ।

क्यासलेस योजनामार्फत् दुर्घटना भएको अवस्थामा आइचर मोटरका खरिदकर्ताहरुले बतास एमएडब्लु आधिकारिक सर्मिस सेन्टरहरुमा पुगेर गाडि मर्मत वा बीमा रकम दावी गर्न सक्ने उनको भनाई छ ।

क्यासलेस इन्स्योरेन्स अन्तरगत ग्राहकहरुले सवारी साधन दुर्घटनामा परेको खण्डमा सोझै आइचरको ओर्क सपमा गई मर्मत गराउन सक्ने र ग्राहकले बीमा रकम बाहेकको रकम मात्र तिर्नुपर्ने जनाइएको छ । बाँकी रकम बीमा कम्पनी र प्रालिबीच कारोबार हुने छ ।

तीनदिनसम्म सञ्चालन हुने मेलामा ५ सय भन्दा बढी ग्राहकहरुले अवलोकन गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *