हेटौँडा ।
करिब डेढ दशकदेखि विवादित बनेको २५ मिटर सडक विस्तारको विवादको गाँठो फुकेको छ । पुर्व–पश्चिम राजमार्ग अन्र्तगत रातोमाटे–चाईनाक्वाटर सडक खण्ड र बुद्धचोक–चौकिटोल क्षेत्रमा २५ मिटर सडक विस्तारको विषयले ठुलै विवाद निम्ताएपछि पटक–पटक सूचना जारि गरिदा समेत सडक विस्तार हुन सकेको थिएन् ।
सडकमार्ग फराकिलो बनाउँदा आफुहरुले उचित मुआब्जा पाउनुपर्ने घरधनीको माग, आफुहरुले उचित क्षतिपुर्ति पाउनुपर्ने त्यस क्षेत्रका ब्यवसायीको मागको कारण २५ मिटर फराकिलो बनाउने कामले सपफलता प्राप्त गर्न सकेको थिएन् । सडक डिभिजन कार्यालय हेटौँडाले धेरै पटक सूचना प्रकाशन गर्दा समेत सर्वोच्च अदालतको रिट निवेदनको कारण हेटौँडा क्षेत्रमा काम हुन सकेको थिएन् ।
तर मंगलबार सर्वोच्च अदालतले हेटौँडाको सडक विस्तार सम्वन्धि बर्षोदेखिको समस्याको गाँठो फुकाईदिएको छ । सर्वोच्च अदालतले गत असार ३१ बाट साउन २४ गतेसम्म घर धनिको तर्फबाट दायर भएको रिटलाई खारेज गरिदिएपछि अब भने सडक विस्तारले मुर्त रुप लिने देखिको छ ।
सडक विस्तारको विषयलाई यहाँको राजनीतिक दलहरुले पनि पहिलो नंबरको एजेण्डा बनाउने गरेका थिए भने मकवानपुर उद्योग वाणिज्य संघले घरधनीको पक्षमा रहेर आन्दोलनको नेतृत्व गर्ने गरेको थियो । सर्वोच्चले एकै पटक ३१ जना घरधनीको रिट खारेज गरिदिएपछि हेटौँडामा लामो समदेखिको विवाद अन्त्य हुने देखिएको हो ।-khabarbreak