हेटौंडामा भीरबाट लडेर एक जनाको मृत्यु

हेटौंडा । हेटौंडामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर–१२ घरेटीडाडामा भीरबाट लडेर पदमपोखरी बस्ने ५५ वर्षिय कृष्ण बहादुर थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।

आइतबार राति देखि हराएकोमा खोत गर्ने क्रममा घरेटी डाडाको भिरबाट २ सय मिटर तल लडि मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *