मकवानपुरगढीमा अन्तरपालिका फुटसल हुँदै


२१पौष २०८०
मकवानपुरगढी खेलकुद विकास समितिको आयोजनामा सहिद रुद्र पाख्रीन तथा बासुदेव घिमिरे स्मृती अन्तरपालिका स्तरीय रनिङशिल्ड फुटसल प्रतियोगिता हुने भएको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गरि आयोजकले प्रतियोगिता बारे जानकारी गराएको थियो । 

पुस २८ गते देखी सुरु हुने प्रतियोगिता माघ १ गते समापन हुने समितिका संयोजक हिरा (बाबु) स्याङ्तानले बताए ।  पालिका स्तरीय प्रतियोगिता रहेकाले १० वटै स्थानीयतह र आयोजकको थप एक वटा समूह सहित ११ वटा समूह प्रतियोगितामा रहन्छ,संयोजक स्याङ्तानले भने । 

प्रतियोगिताका विजेताले एक लाख २५ हजार प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार प्राप्त गर्ने स्याङ्तानले बताए । प्रतियोगितामा विधागत खेलाडीहरुलाई पनि पुरस्कृत गर्नेछौ र खेल लिग चरणमा हुने संयोजक स्याङ्तानले बताए । 

खेलका लागि २७ गतेभित्रमा आफ्नो टिम दर्ता गर्नुपर्ने प्रावधान रहनुका साथै दर्ता शुल्क तीन हजार लाग्ने  आयोजकले जनाएको छ । खेलमा करिब ५ लाख खर्च हुनेछ र यो खेल चौथो संस्करण रहेको बताइएको छ । यस अघि क्लबद्धारा आयोजना हुने गरेको थियो । खेलकुदका लागि गाउँपालिकाले चार लाख बजेट विनियोजन गरेको आयोजकले बताएको छ ।  
पत्रकार सम्मेलनमा रुद्र पाख्रीन स्मृती बाटिकाका संरक्षक भीम पाख्रीन, खेलकुद विकास समितिका सदस्य विक्रम लामा लगायतको सहभागिता रहेको थियो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *