मकवानपुरगढी दुग्ध उत्पादक विशिष्टीकृत सहकारी संघको अध्यक्षमा जनक रेग्मी चयन ।


३ पौष २०८०
मकवानपुरगढी दुग्ध उत्पादक बिशिष्टिकृत सहकारी संघको अध्यक्षमा जनक रेग्मी चयन हुनु भएको छ । संघको भेलाले रेग्मीलाई अध्यक्षमा चयन गरेको हो । संघले मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ कालिखोलामा मकवानपुरगढी दाना उद्योग स्थापना गरे पनि लामो समय देखि बन्द अबस्थामा रहेको छ । करिव ३ करोडको लगानीमा स्थापना भएर सञ्चालनमा आए पनि अहिले उद्योग बान्द अबस्थामा रहेको छ । स्थानिय , प्रदेश र संघिय सरकारको साथै स्थानिय दुग्ध सहकारी संस्था र उपभोक्ताको समेत यस उद्योगमा लगानि रहेको छ । उद्योग लाई सञ्चालनमा ल्याएर किसानले पालेको गाई भैंसी लगायतका पशुपंक्षिलाई चाहिने गुणस्तरिय दाना सुपथ मुल्यमै उपलब्ध गराउने अध्यक्ष रेग्मीले प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
उद्योग संचलनमा आए लगतै कोभिडको माहामारी, कच्चा पदार्थको अभाव र आर्थिक मन्दी साथै उदारोमा गएको दानाको बक्यौता नउठ्दा उद्योग सञ्चालनमा ल्याउन नसकिएको संघका निबर्तमान अध्यक्ष हरि हुमागाईले बताउनु भयो । उद्योग सञ्चालनमा आएर सुपथ मुल्यमा पशुआहार पाउनेमा किसानहरु भने आशाबादी छन ।

मकवानपुरगढी दाना उद्योग सञ्चालन गर्न अध्यक्ष रेग्मीका चुनौतिहरुः
१ बन्द उद्योग सञ्चालन गर्नु पर्ने ।
२ स्थानिय, प्रदेश र संघिय सरकार संग समन्वय गरेर उधोग सञ्चालन गर्न आबश्यक सहयोग जुटाउनु पर्ने ।
३ उद्योगमा उपभोक्ताको लगानी सुरक्षित गर्नु पर्ने ।
४ उधोग संचालन हुदा दाना बिक्रिबाट उठ्न बाकी ५० लाख रुपैया भन्दा बढि रकम उठाउनु पर्ने ।
५ आर्थिक पारदर्शिता कायम गरि उधोगमा लगानिको बाताबरण सिर्जना गर्नु पर्ने ।
६ उद्योग सञ्चालनका लागि कच्चा पदार्थ खरिद मेसिन मर्मतका लागि आवश्यक पुजी जोहो गर्नु पर्ने ।
७ उद्योगबाट उत्पादित पशुदाना स्थानिय दुग्ध सहकारी मार्फत किसानलाई सहज रुपमा बिक्रि बितरणको ब्यबस्था मिलाउनु पर्ने ।
८ उद्योगमा स्थानियलाई रोजगारीमा प्राथामिकता दिनु पर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *