सरस्वती आधारभुत बिद्यालयको ४८ औं बार्षिक उत्सव बिबिध कार्यक्रम गरि सम्पन्न


१५ माघ २०८०
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ देबिडाँडामा रहेको सरस्वती आधारभुत बिद्यालयको ४८ औं बार्षिक उत्सव सोमबार बिबिध कार्यक्रम गरि सम्पन्न भएको छ ।
बिद्यालय ब्यबस्थापन समितिका कार्यबहाक अध्यक्ष बिदुर हुमागाईको सभाध्यक्षता तथा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जेलामा स्याङतानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक शारदा दाहालले बिद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जेलामा स्याङतानले बिद्यालयलाई गुणस्तरीय र निशुल्क शिक्षाको लागि स्थानीय सरकारले जिम्मेवारी लिने बताउनु भएको छ । उहाँले सरस्वती आधारभुत बिद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको भन्दै आफ्ना बालबालिकालाई ढुक्क भएर बिद्यालय पठाउन आग्रह गर्नु भयो । अध्यक्ष स्याङतानले यस बिद्यालयबाट सरुवा भई जानु भएका शिक्षकले पनि हप्ताको एक पटक समय ब्यबस्थापन गरि शैक्षिक स्तर बृद्धीका लागि सहयोग गर्न पनि आग्रह गर्नु भयो ।
कार्यक्रममा बिशेष अतिथि गाउँपालिका शिक्षा शाखा प्रा स भगबती घिमिरेले समुदायको लिडर बिद्यालयले फिडर बिद्यालयलाई ब्यबस्थित गर्न योजना बनाउन आग्रह गर्नु भयो ।
कार्यक्रममा बिद्यालयका सल्लाहकार कमल फुँयालले बिद्यालयको बारेमा समुदायमा सकारात्मक सन्देश ब्यापकिकरण गर्न आबश्यक रहेको बताउदै यस बिद्यालयबाट माध्यामिक तहमा अन्य बिद्यालयमा गएका बिधार्थीले राम्रो नतिजा ल्याइरहेकोले यहाको शैक्षिक गुणस्तरको बिषयमा प्रश्न उठाउन आबश्यक नरहेको बताउनु भयो । साथै उहाँले बिधार्थीहरु माध्येबाट १ जनालाई आफुले पुर्ण छात्रबृद्धी उपलब्ध गराउने प्रतिबद्धता पनि ब्यक्त गर्नु भयो ।
कार्यक्रममा बिद्यालयका पुर्ब प्रधानाध्यापक बिष्णु प्रसाद न्यौपाने , सिताराम दहाल , बिष्णु सापकोटाले बिद्यालयको बिगतलाई स्मरण गर्दै सुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।
बिद्यालयलाइ शैक्षिक सामाग्री, बिद्यालय पोशाक उपलब्ध गराएको भन्दै ईस्थर ब्यन्जामिन स्मृति संस्था हेटौडा मकवानपुर , न्यानो कपडा उपलब्ध गराएको भन्दै लाईन्स क्लब अफ हेटौडालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बिद्यालयका अबकास प्राप्त प्रधानाध्यापक बिस्णु प्रसाद सापकोटा र शिक्षक भवानी सापकोटालाइ सम्मान सहित बिदाइ गरिएको थियो ।
उक्त अबसरमा बिद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने साथै विभिन्न बिधामा उत्कृष्ट हुने बिधार्थीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा बिधार्थीहरुले आफ्नो प्रतिभा साथै नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिभावक बिच भएको म्युजिकल चियर प्रतियोगितामा राधिका अर्याल बिजयी हुनु भएको थियो ।
कार्यक्रममा मनकामना दुग्ध उत्पादक सहकारी सस्थाका अध्यक्ष अर्जुन प्रसाद दहाल, ज्वालादेबि आधारभुत बिद्यालयका प्रधानाध्यापक सरोज फुयाल, बाबियोडाडा टोलबिकास सस्थाका अध्यक्ष विश्वनाथ देवकोटा, देबिडाडा टोलबिकास सस्थाका अध्यक्ष निलप्रसाद न्यौपाने , ईस्थर ब्यन्जामिन स्मृति संस्था हेटौडाका कार्यक्रम अधिकृत अमिर दहाल लगाएकाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कक्षा ८ कि छात्रा सपना सुनारले स्वागत मन्तब्य राख्नु भएको थियो भने शिक्षक हरि दहालले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *