क्रिकेट खेलको विकासका लागि मकवानपुरगढी क्रिकेट क्लब स्थापना


२१ माघ २०८०
पछिल्लो समय क्रिकेट खेलतर्फ आकर्षण बढेसँगै मकवानपुरगढीमा पनि क्रिकेट खेलको विकासको लागि मकवानपुरगढी क्रिकेट क्लब स्थापना भएको छ ।
सुवास अधिकारीको अध्यक्षतामा गठन भएको क्लबको उपाध्यक्षमा बिक्रम घिमिरे, सचिव रवीन्द्र बिक्रम र सदस्यहरुमा बिदुर हुमागाइ, सुनिल पाख्रीन,अनिश न्यौपाने,सन्तोष न्यौपाने, राजन घिमिरे र प्रशिक्षक सुजन अधिकारी रहनु भएको छ ।
क्लबले स्कुलका छात्र छात्राहरु तथा युवाहरुलाइ क्रिकेट खेलको ट्रेनिङ र आवश्यक खेल सामाग्री प्रदान गर्ने जनाएको छ ।खेलप्रति आकर्षण बढेपनि मैदान नहुँदा समस्या भएकाले क्रिकेट खेल मैदानको पूर्वाधार निर्माण गर्न मकवानपुरगढी गाउँपालिका संग बजेटका लागि पहल गर्ने अध्यक्ष अधिकारीले बताउनु भयो ।
क्लबले पालिका संग समन्वय गरेर मकवानपुरगढी ६ डुम्म्रेकुनामा खेल मैदान बनाउने लक्ष राखेको छ । क्रिकेट खेल्ने मैदानको अभाव हुदा क्रिकेट खेल्न हेटौंडाको हुप्राचौर सम्म जानू पर्ने बाध्यता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *