मकवानपुरगढीका ५५ घरमा अझै खरको छाना,वडा नम्बर ३ र ६ खरको छाना मुक्त


२३ माघ २०८०
बागमती प्रदेशको राजधानी रहेको मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडासँग सिमाना जोडिएको मकवानपुरगढी गाउँपालिकामा अझै ५५ घर खरको छाना मुक्त हुन बाँकी रहेको पाइएको छ ।
स्वयं मकवानपुरगढी गाउँपालिकाले राखेको तथ्यांक अनुसार वडा नम्बर ३ र वडा नम्बर ६ खरको छाना मुक्त वडा रहेका छन् । पालिकाको बाँकी ६ वटा वडाका ५५ घरमा अझै खरको छाना भएको तथ्यांकले देखाएको छ । जस अनुसार ५५ घर मध्ये वडा नम्बर १ मा मात्रै झन्डै आधा घर अर्थात् २५ घरमा खरको छाना रहेको पाइएको छ । त्यस्तै वडा नम्बर २ मा ५ घर, वडा नम्बर ४ मा ५ घर , वडा नम्बर ५ मा ३ घर , वडा नम्बर ७ मा १४ घर र वडा नम्बर ८ मा ३ घरमा खरको छाना रहेको गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख सुर्य गुरुङले बताउनुभयो ।
सुरक्षित नागरिक आवास कार्यक्रम लागु भएको यस गाउँपालिकामा सरकारले खरको छाना मुक्त गर्न प्रती घरलाई बढिमा ७५ हजार रुपैया सम्म दिने कार्यबिधी रहेको छ । सो कार्यक्रम अन्तरगत घर बनाउँदा काम सम्पन्न भएपछि बिल भर्पाइको आधारमा मात्र भुक्तानी हुने हुँदा गरीबीमा रहेका लाभग्राहीहरुलाई जनप्रतिनिधिले सहयोग गरिदिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

More From Author

कार्यालयमा कर्मचारी नभेट्दा सेवाग्राहीलाई सेवा लिन कठिन।

मकवानपुरगढीको विकट वडा बुढीचौरमा आँखा शिविर सप्पन्न, ११ जनाको मोतिविन्दु पहिचान

Leave a Reply

Your email address will not be published. Required fields are marked *