मकवानपुरगढीको विकट वडा बुढीचौरमा आँखा शिविर सप्पन्न, ११ जनाको मोतिविन्दु पहिचान


२३ माघ २०८०
मकवानपुरगढी गाउँपालिकाको स्थानीय आयोजनामा लायन्स क्लब हेटौंडाको समन्वय साथै हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा सोमबार मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ८ बुढीचौर स्वास्थ्य चौकीमा आँखा शिविर सम्पन्न भएको छ ।
शिविरमा १२४ जनाको परीक्षण गर्दा ११ जनामा मोतिविन्दुको समस्या देखा परेको छ।
२० गते मकवानपुरगढी स्वास्थ्य चौकीमा पहिचान भएका २४ जना र आजको शिविरमा पहिचान भएका ११ जना गरि ३५ जनाको यही माघ २४ गते हेटौंडा सामुदायिक आँखा अस्पताल हेटौंडामा मोतिविन्दुको अप्रेसन हुने भएको छ । अप्रेसन गर्ने विरामीहरुलाई गाउँपालिकाबाट हेटौंडा आउन जान नि:शुल्क यातायातको व्यवस्था समेत गरिएको छ ।
कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष कुमार सिं घिसिङ,वडा सदस्यहरु,बुढीचौर स्वास्थ्य चौकी प्रमुख विकास श्रेष्ठ सहितको स्वास्थ्यकर्मी टिम,महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लगायतकाको सहभागिता रहेको थियो ।

Flash News Slide Uncategorized अर्थ राजनीति समाचार स्थानीय