पालिका अध्यक्ष विज्ञ शिक्षकसहित अनुगमनमा

१ फागुन २०८०
एमपी शर्मा
मकवानपुरगढी गाउँपालिका वडा नम्बर–७, कार्कीडाडामा रहेको बुद्धधर्म आधारभुत विद्यालय र सुकौरामा रहेको जनता माविको सोमबार शैक्षिक अनुगमन गरिएको छ ।
विषय विज्ञसहितको टोली लिएर पुगेका पालिका अध्यक्ष दोर्जे लामास्यांतानले शैक्षिक गतिविधिको प्रत्यक्ष अनुगमन गरी विद्यालयमा कार्यरत् शिक्षकहरु र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीस“ग अन्तत्र्रिmयाका साथै कक्षाअवलोकन एवम् पृष्ठपोषण दिएका हुन् ।
अनुगमनका क्रममा भएको अन्तत्र्रिmयामा पालिका अध्यक्ष स्यांतानले विद्यालयको शैक्षिकस्तर वृद्धिका लागि प्रयास गरौं भन्ने उद्धेश्यले शैक्षिक अनुगमन गरिएको बताए । बिगतका अनुगमन प्रभावकारी नभएकाले विषय विज्ञसहित गरिने अनुगमनले शिक्षण सिकाइमा पनि सुधार आउनुका साथै शिक्षकमा ज्ञान हस्तान्तरण गर्न मद्धत पुग्ने उनले बताए ।
अनुगमनलाई एक शैक्षिक सत्रमा ३ पटक गर्ने लक्ष्य लिइएको बताएका अध्यक्ष स्यांतानले शैक्षिक गुणस्तर वृद्धिका लागि गाउ“पालिकाले अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्ने बताए । मकवानपुरगढीको शिक्षा सुधारमा स्थानीय सरकार विशेष कार्यक्रम बनाएर अघि बढ्ने बताउ“दै उनले शैक्षिक सुधारमा योगदान पु¥याउने शिक्षकलाई प्रोत्साहनका कार्यक्रम ल्याइने बताए ।
कार्यक्रममा पालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले आफूले जानेका नया“ कुरा तथा ज्ञानसिपलाई बालबालिकामा हस्तान्तरण गर्न शिक्षकहरुलाई सुझाव दिए । ‘बालबालिकालाई अब्बल हुन जुन तदारुकता देखाउनु हुन्छ, त्यो नै ठूलो कुरा हो । हामीस“ग धेरै समस्या छन् । तर, बालबालिकालाई तपाईंले दिने ज्ञान र बालबालिकाले पाउने ज्ञानमा अन्य कुराले अवरोध हुनुहु“दैन भनेर आफूहरु विद्यालय अनुगमनमा आएका हौं,’ उनले भने–ज्ञानका कुरा तपाईंहरुमा कमी छैन । तपाईंहरुलाई टेष्ट गर्न आएका होइनौं । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि तपार्इंहरुको पछाडि हामी पनि छौं भन्न आएका हांै । बिगतको शिक्षा प्रकृति र हालको शिक्षा प्रकृति फरक रहेकाले आफूलाई समयअनुसार परिवर्तन गर्दै लैजान उनले शिक्षकहरुलाई सुझाव दिए । विद्यालय नआउने बालबालिकालाई जनप्रतिनिधिहरुले विद्यालय ल्याउन विशेष भूमिका खेल्नुपर्ने भन्दै उनले बालबालिकाको भविष्य र पालिकाको शिक्षासुधारको नीतिलाई यसले सहयोग गर्नेमा आशावादी रहेको बताए ।
कार्यक्रममा भानु माविका प्रधानाध्यापक तथा अंग्रेजी विषयविज्ञ शिक्षक राजेन्द्र थापाले शिक्षक आफैं स्रोतव्यक्ति भएको बताउ“दै बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराउनुपर्ने बताए । अंग्रेजीलाई तल्लो कक्षादेखि नै लक्षित गर्नुपर्ने बताउ“दै उनले अंग्रेजी अध्यापन गराउ“दा आफ्नो दक्षता बढाउन शिक्षकहरुलाई सुझाए ।
गणित विषयका विज्ञ शिक्षक इन्द्रबहादुर कार्कीले शिक्षकहरुलाई पाठ्यक्रम, टेष्टबुक र टिचर्स गाइडलाई बढी अध्यायन गर्न आग्रह गरे । शिक्षण प्रभावकारी बनाउन शिक्षण सामग्री तयारी र प्रयोगमा विशेष ध्यान दिनुपर्ने बताएका उनले शिक्षण सिकाइलाई प्रभावकारी बनाउन तालिम पनि आवश्यक रहेको औंल्याए ।
विज्ञान विषयविज्ञ शिक्षक अनिष कार्कीले शिक्षण सिकाइलाई प्रभावकारी बनाउन जोड दिनुपर्ने बताए । विज्ञान विषय अध्यापन गराउ“दा प्रयोगात्मक पद्धति अवलम्बन गर्न सुझाव दिए । उनले विज्ञान विषयलाई रटेर भन्दा पनि बुझेर अध्ययन गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा विद्यालयका शिक्षकले विज्ञ शिक्षकहरुबाट नया“ कुरा सिक्न पाएकोमा खुशी व्यक्त गरेका थिए । केही शिक्षकले विद्यालयमा राजनीति हुन नहुने, शैक्षिक गुणस्तरका लागि तालिम र आवश्यक संरचना तयार हुनुपर्ने बताएका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष झलक लामा र जनता मावि अध्यक्ष प्रतिमान रुम्बाले विद्यालयको अबस्था समस्या र शैक्षिक गुणस्तरका लागि पालिकाबाट गर्नुपर्ने सहयोगको विषयमा आआफ्ना भनाइ राखेका थिए । कार्यक्रममा दाशरथी उपाध्याय, भगवती घिमिरे र पत्रकार एमपी शर्मालगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *