मकवानपुरको थाहा नगरको थानाबजार पुल, पालुङ, फेदीगाउँ, चिसापानी, चल्ती सडकका लागि ५ करोड ६८ लाखको स्रोत सुनिश्चित

१६ फागुन २०८०
मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत् थानाबजार पुल, पालुङ, फेदीगाउँ, चिसापानी, चल्ती सडकका लागि ५ करोड ६८ लाखको स्रोत सुनिश्चित भएको छ ।
थाहा नगरपालिकाको २, ३ र ७ नम्बर वडालाई जोड्ने उक्त सडकका लागि बहुवर्षे योजनाअन्तर्गत् अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो । अर्थले चालु आर्थिक वर्षमा १ करोड ५० लाखको काम गर्नेसहित ५ करोड ६८ लाखको स्रोत सुनिश्चित गरेको मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ का सांसद् महेशकुमार बर्तौलाले जानकारी दिए ।
उक्त सडकमा आर्थिक वर्ष २०८०/०८१ का लागि १ करोड ५० लाख, २०८१/०८२ का लागि २ करोड ५३ लाख र आर्थिक वर्ष २०८२/०८३ का लागि १ करोड ६५ लाखको स्रोत सुनिश्चित भएको सांसद् बर्तौलाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *