
हेटौंडा , कोरोना भाइरस संक्रमण नफैलियोस भनेर सरकारले गरेको लकडाउनका कारण ३ दिन देखि रोकिएको स्थानीय दुग्ध विक्री मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले आज बाट पुन: शुरु गरेको छ ।
सरकारले दुधलाई अत्यावश्यक खाद्यान्न सामाग्री अन्तर्गत राखी विक्री वितरण गर्न अनुरोध गरेकोले आजबाट दुग्ध विक्री शुरु गरिएको संघका ब्यवस्थापक कुमारमणी दहालले बताउनु भयो । दैनिक बिहान ६ बजे देखि ९ बजे सम्म र दिउँसो ३ बजे देखि ६ बजे सम्म दुग्ध बिक्री गरिने र दुग्ध खरिद गर्न आउने उपभोक्ताहरुले अनिवार्य मास्क लगाउनु पर्ने , संघले घेरा बनाई तोकिएको ठाउँमा बसि पालो पालो गरि दुग्ध खरिद गर्नुपर्ने , दूध लिन आउँदा अनिवार्य आफैंले सफा भाँडो ल्याउनुपर्ने , दुधलाई राम्रोसँग उमालेर मात्र पिउनुपर्ने कुरामा सुचित गर्दै यो संक्रमणबाट सुरक्षित रहन सबै आम उपभोक्ताहरुलाई अनुरोध समेत गरेको छ ।
थप जटिलता पैदा नभए सम्म यसैगरी दुग्ध खरिद बिक्री गर्ने र अहिलेको असहज परिस्थितिबाट सहज नियमित अवस्थामा आएपछी संस्थाका हरेक क्रियाकलाप पहिले झैं संचालन गरिने ब्यवस्थापक दाहालले बताउनु भएको छ ।
