मकवानपुर । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ६२।६ मिलिमिटर पानी परेको छ । राति खोटाङ, उदयपुर, ओखलढुङ्गा र आसपासमा बाढी आउने गरी पानी परेको थियो ।
आज दिउँसो पनि सबै प्रदेशका केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

