२o८२ भदौ ३१ मंगलबारसरकारले संघीय कार्यालयका करिब २० प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ। मंगलबार बसेको सचिवहरूको बैठकमा यससम्बन्धी निर्णय भएको हो।
मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले मन्त्रालय,आयोगजस्ता केन्द्रीय संरचनामा कर्मचारीको अनावश्यक दरबन्दी रहेको भन्दै कर्मचारी कटौती गर्ने अनावश्यक निकायहरू खारेज तथा गाभ्ने निर्णय गरेको हो। यसका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्ने तयारी छ।
सोही बैठकले कर्मचारीको बैठक भत्ता खारेज गर्ने र सरकारी कार्यक्रमहरू सरकारी कार्यालयबाहिर नगर्ने निर्णयसमेत गरेको छ। (स्रोत-नयाँ पत्रिका)

