
कोभिड १९ कोरोनाको संक्रमण बिश्वब्यपी रुपमा फैलिदै गएको सन्दर्भमा मकवानपुरगढी गाउपालीकाले कोरोना नियन्त्रणको लागि बिपद ब्यबस्थापन कोष निमार्ण गरेको छ ।
गााउँपालीका अध्यक्ष बिदुर हुमागाईको अध्यक्षतामा मंगलबार बसेको कार्यपालीकाको आकश्मीक बैठकले बिपद ब्यबस्थापन कोषमा गाउँपालीकाका जनप्रतिनिधिहरुले १५ दिन बराबरको पारीश्रमिक जम्मा गर्ने निर्णय गरेको गाउँपालीकाका अध्यक्ष बिदुर हुमागाईले जानकारी दिनु भएको छ ।
बिपद ब्यबस्थापन कोषमा रकम जम्मा गर्न चाहने सबै सामाजिक संघ संस्था, उधोग , निकाय तथा ब्यतिmहरुलाई सहयोग स्वरुप रकम जम्मा गर्न आह््वान गर्ने निर्णय समेत गरेको छ ।