लकडाउनका बेला तरकारीको सुपथ मुल्यमा घरदैलो सेवा दिंदै मकवानपुरगढीका किसान

गाडीमा राखेर तरकारी बिक्री गरिदै
चन्द्रकान्त चौधरी , कृषि शाखा प्रमुख मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढी , कोभिड १९ का कारण देशै भरी अहिले सरकारले लकडाउन लगाई रहेका बेला मकवानपुरगढीका किसानहरूले भने ताजा तरकारी तथा फलफुलको घरदैलो सेवा उपलब्ध गराएका छन् ।

किसानले उत्पादन गराएको तरकारी खेतमै रहने र उपभोक्ताहरुले ताजा तरकारी नपाईरहेका बेला किसानहरूले यसरी तरकारीको घरदैलो सेवा उपलब्ध गराएका हुन् ।

मकवानपुरगढी ३ , धमिले फाँटमा उत्पादन भएको तरकारी तथा फलफुल आज बाट यसरी घरदैलो सेवा मार्फत उपलब्ध गराउन थालिएको तिमल्सिना तरकारी तथा फलफूल कृषि फर्मका प्रोपाईटर बद्रीप्रसाद तिमल्सिनाले बताउनु भयो । आज मकवानपुरगढी २ को बाँसपानी , कुर्ले , सिखरकटेरी , चौघडा , हेटौंडा बजार , चौकिटोल हुँदै बुङ्दल , धादिङ , बाग्दली र मक्रान्चुली सम्म घरदैलो सेवा उपलब्ध गराएको तिमल्सिनाले बताउनु भयो ।

किसानले उत्पादन गरेको तरकारी तथा फलफूल बिक्री गर्न गाउँपालिकाले पनि सहजीकरण गरेको मकवानपुरगढी गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनु भयो । आज काउली प्रती केजी ५० , भण्टा ३० , काक्रो ३०-४० , माच्छे खुर्सानी ६० , भेंडे खुर्सानी ५० र फर्सीको मुन्टा प्रती मुठा ४०-५० रुपैयाँ मा बिक्री गरिएको बताईएको छ ।

किसानहरुले उत्पादन गरेका तरकारी आलोपालोमा संकलन गरि बिक्रीका लागि घरदैलो गर्ने र हेटौंडा बजारमा पनि पठाइने कृषि शाखा प्रमुख चौधरीले बताउनु भएको छ ।

उपभोक्ताहरुलाई तरकारी बिक्री गरिदै
भेडे खुर्सानी
काक्रो
तिमल्सिना तरकारी तथा फलफुल कृषि फर्ममा उत्पादन भएको लौका साथमा प्रोपाईटर बद्रीप्रसाद तिमल्सिना
बिक्रीका लागि तयार गरिएको विभिन्न जातका तरकारी तथा फलफूल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin