
मकवानपुरगढी , मकवानपुरगढी गाउँपालिका वडा नं ६ डुम्रेकुना (माथी) सरोज पाठक को घरमा आगलागी भएको छ ।
आगलागीबाट पाठकको घर र गोठ जलेको र आगो निभाउने प्रयत्न गरिए पनि अझै आगो नियन्त्रणमा नआएको वडा नं ६ का वडा अध्यक्ष टीका प्रसाद दहालले बताउनु भयो ।
आगलागी बाट कुनै मानवीय तथा पशु चौपायको क्षती नभए पनी के कति क्षती भयो भने एकिन गर्न बाँकी रहेको दहालले बताउनु भएको छ ।
आगलागीको घटना थाहा पाउना साथ ईलाका प्रहरी कार्यालय मकवानपुरगढी मक्रान्चुलीबाट त्यस तर्फ प्रहरी पठाइएको ईलाका प्रहरी कार्यालय मकवानपुरगढीले जनाएको छ ।
घटनाको पुर्ण विवरण भने आउन बाँकी रहेको छ ।