बागमती प्रदेशका अस्पतालहरुलाई सेवा विस्तार अनुदान

हेटौंडा । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सामुदायिक तथा गैर नाफामूलक अस्पतालहरुलाई सेवा विस्तार अनुदान दिने भएको छ । गैरनाफा मुलक अस्पतालको निवेदनका आधारमा सेवा विस्तारमा अनुदान दिन लागिएको हो ।

मन्त्रालयको वार्षिक स्वीकृत कार्यक्रम बमोजिम “सामुदायिक तथा गैर नाफामूलक अस्पतालहरुलाई सेवा विस्तार अनुदान कार्यक्रम’’ अन्तर्गत २० लाख रुपैयाँ सम्मको अनुदान रकम एउटा अस्पताललाई दिन लागिएको हो ।

बागमती प्रदेश भित्र संञ्चालित सामुदायिक तथा गैर नाफामूलक अस्पतालहरुलाई सेवा विस्तार अनुदान कार्यक्रम रहेको सामाजिक विकास मन्त्री युवराज दुलालले वताउनुभयो । अनुदान प्राप्त गर्न ईच्छुक गैर नाफामूलक र सामुदायिक अस्पतालले मन्त्रालयमा निवेदन दिनुपर्ने छ । गैरनाफा मुलक अस्पतालार्य मात्र सेवा विस्तारमा सहयोग गर्न लागिएको मन्त्री दुलालले वताउनुभयो ।

सामुदायिक तथा गैर नाफामूलक अस्पतालहरुलाई सेवा विस्तार अनुदान कार्यक्रममा सहयोग गर्नका लागि मन्त्रालयले १५ दिनका लागि सूचना प्रकासन गरिसकेको छ । यही आधारमा इच्छुक अस्पतालले अनुदान सहयोगका लागि माग गर्ने सक्ने मन्त्रालयले जनाएको छ ।

Uncategorized