पहिलाे ‘कमेडी च्याम्पियन’ काे उपाधि हिमेश पन्तलाई

नेपालको पहिलो कमेडी च्याम्पियन शोको उपाधि हिमेश पन्तले जितेका छन्। शनिबार साँझ सम्पन्न शोमा हिमेश विजेता घोषित भएका हुन्।

उनले २५ लाख नगद पुरस्कारसहित डटसनरेडीको गाडी तथा विभिन्न गिफ्टह्याम्पर प्राप्त गरेका छन्।

कार्यक्रमको फाइनलमा पुगेका हिमेशसहित खड्गबहादुर पुन र सुमन कोइराले तीनै जनाले वर्ल्ड टुरको अवसर पनि प्राप्त गरेका छन्।

विशाल भण्डारीको निर्देशनमा कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘कमेडी च्याम्पियन’को ग्रान्ड फिनालेमा प्रमुख अतिथिको रुपमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ तथा अन्य अतिथि उपस्थित थिए।

सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक रहेको रियालिटी सोको होस्टमा रिमा विश्वकर्मा रहेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin