
हेटौंडा । नेपालमा लकडाउन लगाईएको आज २७ औँ दिन भएको छ । कोरोना भाइरस अर्थात् कोभिड १९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गएको चैत्र ११ गते लकडाउन घोषणा गरेयता दैनिक जीवन र सामाजिक क्रियाकलाप ठप्प छ ।
लकडाउनको अवस्थामा भने अत्यावश्यक काम र सेवा भने रोकिएको छैन ।नागरिकहरुले लकडाउनको पालना गरेको पाइएको छ । केही स्थानहरुमा बिहान ९ बजे सम्म सर्वसाधारण अत्यावश्यक सामग्री खरिद गर्न घर नजिकको पसलमा पुग्ने गरेका छन् ।
यस्तै सुरक्षा निकायका अधिकारीहरु सुरक्षा जाँच गर्न, लकडाउन पालना गराउन सडकका चोकहरुमा खटिएका छन् भने अत्यावश्यक सेवाका सवारीसाधन भने सहजै गुडिरहेका छन् ।
नेपाल सरकारले वैशाख ३ गतेसम्मको लकडाउनको अवधि बढाएर वैशाख १५ गतेसम्म पुर्यामएको छ ।
नेपालमा अहिले कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३१ पुगेको छ । सङ्क्रमितमध्ये तीन जना उपचारपछि निको भएर घर फर्किएका छन् भने बाँकी २८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयले शनिबारअपराह्न पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार अहिलेसम्म पीसीआर विधिबाट आठ हजार १७ जनाको कोरोना परीक्षण गरेको बताएको छ । साथै नेपालका ७७ वटा जिल्लामा र्या पिड डायग्नोस्टिक टेस्ट आरडीटी विधिबाट परीक्षण सुरु गरिएको जनाएको छ ।
देशभरि चार हजार पाँच सय ३६ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा पाँच र उपत्यकाबाहिर एक सय १२ गरी जम्मा एक सय १७ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।