पार्टी एकताका पक्षमा उभिन नेता/कार्यकर्तालाई माधव नेपालको अपिल

काठमाडौं । नेकपा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पार्टी एकताका पक्षमा उभिन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । नेकपाको ७१ औं स्थापना दिवसका अवसरमा विज्ञप्ति निकाल्दै बरिष्ठ नेता नेपालले पार्टी एकताका पक्षमा उभिन नेता कार्यकर्तालाई आव्हान गरेका हुन् ।

नेता नेपालले व्यक्तिवाद, संकिर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहम वा भावावेश र अनावश्यक आशंकाबाट प्रेरित नभई पार्टी एकताका पक्षमा उभिन आव्हान गरेका हुन् ।

हाल उत्पन्न घट्नाक्रमले पार्टी भित्र अनेकौं आशंका र चिन्ता उत्पन्न गरेको बताउँदै उनले यस्तो अवस्थामा सिंगो पार्टी पंक्तिलाई भावनात्मक एकताको सुत्रमा जोड्न सबैले भूमिका खेल्नुपर्ने पनि बताएका छन् ।

कर्पोरेट नेपाल बाट :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin