
नवराज ढुङ्गाना , हेटौंडा – १०
समसामयिक लेख ✒️
आज कोभिड-१९ को कारण बिश्व रोहिरहेको यो भयावह अवस्थामा तमाम पुँजीपति बर्ग र तिनका देशको अवस्था हेर्दा र त्यही कोभिड-१९ आज हाम्रो देशमा हेर्दा लाग्छ हामी नेपाली र कम्युनिष्ट हामीहरूको साथमा चाहिँ प्रकृतिनै साथ भयकोले गर्दा आजको दिन सम्म तेस्तो कहालीलाग्दो अवस्थामा भोग्नु परेको छैन। मलाई लाग्छ यो अवस्था आउनुमा नेपालका कम्युनिस्ट पार्टी र नेपाल सरकारलाई बिश्व जगतमा यौटा छुट्टै नयाँ पहिचान र उचाई बनाऊने मौका पो दियको हो कि ।
सरकारले बेलैमा सुब्यवस्थित योजना र कुशल निर्णय गरेर वाह वाहि प्राप्त गर्ने कदम चाल्नु जरूरी देखिएको छ। सधै कुवा भित्र बसेर एक अर्कालाई दोषारोपण गरेर कुवार कुवार गर्ने पार्टी र सरकारको समय होईन। ताकि कुवा बाहिर निस्केर ति पुँजीपति साम्राज्यवादीहरूको अर्ध बिकासका ति कार्यहरू र कुराहरूलाई चिर्दै वास्तविक बिकासको अवधारणा सानो देश भएतापनि कम्युनिस्टबाट मात्र वर्तमान भबिष्यको सुनिश्चित दुरदर्शि योजनाका साथ बिकास अनि कृषि योजना, बेरोजगारी ब्यवस्थापन अनि आर्थिक सन्चय ब्यवस्थापन, देखि स्वास्थ्य सेवा र जनताको लागि सुबिधा भित्र पर्ने सम्पूर्ण बिकासको कार्य र बिभिन्न तहहरूलाई ब्यवस्थिकरण गरी नयाँ आमुल परिवर्तन गर्ने देस र पार्टी हुन सकोस्।
अनि के अब आइपर्ने भवितव्यको लागि नेपाल सरकारले के कस्तो योजना तयारी गरेको छ त ? अबको समय नजिकिँदै जाँदा नेपालमा अनिकाल भन्ने ठूलो रोग नलाग्ला भन्न सकिन्न। के यसको लागि नेकपा र नेपाल सरकारका लागि ठूलो चुनौती हो। कोभिड-१९ को सामना पछि अर्थतन्त्रमा देखिने ठुलो फाटो अनि कृषि क्षेत्रमा आउने ह्रास सबै बिदेशबाट फर्किएर आउने नेपालीहरुलाइ दाजुभाइ दिदीबहिनीहरुलाई ब्यवस्थापन र नेपालमा अहिले रहेको युवाहरुलाई कहाँ कसरि ब्यवस्थापन गर्ने भन्ने बारेमा के कस्तो नेकपाको सरकारको रणनीति र योजनाहरू तयारी छ ? कि सबैलाई टोक्ने, मार्ने बाघले मलाई चाहिँ छोड्लार भन्ने सोचाइ समर्थन जनाएर जे पर्छ त्यहिँ टर्छ भन्ने सोचमा बसिरहने हो? हाल अहिले यो ३ करोड नेपाली जनताको मनमा रहेको खुल्दुलीको बिषय बनेको छ। त्यसैले यो सर्वाधिक जनताले रुचाएको आशा गरेको नेकपाको यो सरकार यस्तो अवस्थालाई चिर्ने नयाँ आयामको तयारीमा जुट्दै छ त? देश र जनताको हितमा रहेर देशकै बलियो अर्थनीति र आइपर्ने भोकमरी बाट मुक्त हुने अनि सुखी नेपाली र समृद्ध नेपालको यो नारालाई समातेर फेरि अर्को चुनावमा जनताको मनमा बस्न सफल भई देशलाई दिगो बिकासको यात्रामा दौडिने सरकार बन्ने छ। अझै नेकपा र यो सरकारलाई ठूलो चुनौती नै चुनौतीको पहाड छ।
यो पहाडलाई चिर्न सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डको साथ र सचिवालयले पनि साथ दिइरहेका यो अवस्थालाई हेर्दा कोभिड-१९ को यो महामारी फैलिएको समयमा सरकारको निर्णय सिङ्गो पार्टीको तर्फबाट पनि समर्थनले गर्दा धेरै कुराहरु मध्ये केहि छोडेर उदाहरणीय काम गरेको छ।
तसर्थ सरकारका केहि भारद्वारहरू बाट गलत सल्लाह र सुझावका कारणले गर्दा आलोचित र सरकारका केहि निर्णयहरू अवाञ्छित हुन पुगेको छ। सरकारले त्यता ध्यान पुर्याउन जरूरी छ। नत्र पार्टी र सरकार दुवै कुनै पुजिपती बर्ग र कुनै एक ब्यक्तिले निर्णय गरेर चलाएको जस्तो देखिन्छ। यद्यपि यस्तो बर्ग हाबी भयो भने त्यसले यि ब्यक्तिहरुलाई असर पार्छ।
श्रमजीवि, श्रमिक, निम्न स्तरबाट समर्थन जनाउने कार्यकर्ता, शुभचिन्तक, र पार्टीका लागि ज्यानको बाजी लगाएर कार्य गर्ने कार्यकर्ता, इमान्दार नेताहरू र यो पार्टी ति क्षणिक स्वार्थ बोकेर आएको ब्यक्तीहरूले हैन, मैले भर्खरै माथि भनेको ब्यक्तिहरुले चलाएका हुन्। जसले जहिले नि सिङ्गो पार्टी हेर्न चाहन्छन्। प्रेमको शुत्रधार भित्र एकताको डोरीले गाँसिएर जबजका सिद्धान्त बोकि भौतिक बैज्ञानिक साम्यबाद तर्फ अगाडि बढ्दै देश, जनता र पार्टीप्रति भ्रम भएका ति महान विद्वान नेता तथा कार्यकर्ताको सेवा र समर्थनले चलेको पार्टी र बनेको सरकार हो।
त्यहि कारणले त आज कोभिड-१९ को बिरूद्ध लकड़ाउन गरेको २६-२७ औ दिन सम्म हामि जनताहरू यसरी संयम, सुशासित, सुरक्षित र भद्र तरिकाले सरकारको नियम पालना गरिरहेका छौं। अबको समय अध्यक्ष द्वय कमरेडहरू र सचिवालय साथै मन्त्री मण्डल सहित देशका बर्तमान र भबिष्य प्रती लानुपर्ने हुनेछ भन्ने आशा छ। नभूलौ है यो पार्टी उचालिदा उचालीने र पछार्दा पछारिने ति बर्गको होईन हुन्दै होइन। यो पार्टी ति ब्यक्तीहरूका हो जो सर्वहारा , श्रमजीवी , गरिब दिन दुखि हरूको सारथि र उनिहरुको हो। न भुलौ है हामी आफ्नो धरातल। नत्र पछि पछुताउनु पर्छ। यसैकारण कोभिड-१९ को बिरूद्ध लड्न र आइपर्ने भवितव्यका लागि लड्ने र तयारीका लागि हामी सबै नेपाली जनताहरु साथ दिन तयार छौ। फुट र गुट होईन अब नेपाल बनाउन एकजुट हुन आवश्यक छ। समग्रमा भन्नुपर्दा यतिबेला फुट र गुट फालौ र एक जुट भयर नेपाल बिकास तर्फको यो अभियानमा सबैले कदम चालौ।