
एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले वन्यजन्तुको मा’सु नखान र खान प्र’तिबन्ध लगाउन अपिल गरेको छ ।७० प्रतिशत नयाँ ‘भा’इरस व’न्यजन्तुको मा’सुबाटै आएको भन्दै डब्लुएचओले जनावरको मा’सु नखान र व्यापारमा प्र’तिबन्ध लगाउन अपिल गरेको हो ।डब्लुएचओ प्रमुख डा. टेड्रोसले वन्यजन्तु व्यापारमा रो’क लगाउन विश्वका सबै देशलाई आ’ग्रह गरेका छन् । बन्यजन्तुको मा’सु लाखौं मानिसको लागि भोजनको महत्वपूर्ण स्रोत भएपनि अधिकांश बजारमा स्वच्छताको क’मी रहेको डब्लुएचओको भनाइ छ ।
भोजन र स्वच्छताका सबैले क’डाइका साथ पा’लना नगर्दासम्म बन्यजन्तुको मा’सु प्रयोग रो’किनुपर्ने गे’यब्रेससको भनाइ छ । को’रोना भा’इरसको म’हामारी चीनको वुहानमा पनि जनवारकै मा’सुवाट फै’लिएको अ’नुमान गरिएको छ । यद्यपि यसकाे स्वतन्त्र पुष्टि भने हुन सकेकाे छैन । त्यस्तै विश्व स्वास्थ्य संगठन डब्लुएचओले को’रोना भा’इरसको विश्वव्यापी म’हामारीको अबको केन्द्र अफ्रिका बन्न सक्ने भन्दै चे’तावनी दिएको छ । भा’इरसको म’हामारीबाट अफ्रिकामा कम्तिमा तीन लाख मानिसको मृ’त्यु हुनसक्ने डब्लुएचओको चे’तावनी छ ।
सं’क्रमण फैलिएमा तीन करोड मानिस गरिबीको रे’खामुनि ध’केलिने चे’तावनी पनि राष्ट्रसंघले दिएको छ । राष्ट्रसंघले सम्भावित म’हामारी नियन्त्रणमा लिनका लागि एक खर्ब अमेरिकी डलर बराबरको बजेट समेत मा’ग गरेको छ ।एक हप्तादेखि अफ्रिकामा को’रोना सं’क्रमण बढेको छ । स्वास्थ्य सुबिधा र पूर्वाधार कम भएकाले सं’क्रमण फै’लिएका धेरै मानिसको मृ’त्यु हुने आं’कलन गरिएको छ ।भा’इरसका कारण एक हजार भन्दा बढीको मृ’त्यु भएको छ भने करिव २० हजार संक्रमित छन् । अहिलेसम्म सं’क्रमण अल्जेरिया, इजिप्ट र मोरक्कोमा बढि देखिएको छ ।
क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम :
१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।
२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।
३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।
४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।
५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।
६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।
७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।
८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।
९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।
१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।
११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।
१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।
१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।
१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।
१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।
हाम्रो देश नेपालबाट