प्रधानमन्त्री केपी शर्मा ओलिले कतारका प्रधानमन्त्रीलाई दिए धन्यवाद ।

हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलिले कतारका प्रधानमन्त्री खालिद बिन खालिफा बिन अब्दुल अजिज अल थानी सँग आज साँझ टेलीफोन संवाद गरि धन्यवाद व्यक्त गर्नुभएको छ ।

विभिन्न आरोपमा गिरफ्तार परेका १७ जना नेपालीहरुको रिहाई प्रती खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलिले कतारका प्रधानमन्त्रीलाई धन्यवाद दिनु का साथै त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा समेत चासो व्यक्त गर्नुभएको थियो । जवाफमा कतारका प्रधानमन्त्रीले कतारमा रहेका नेपालीहरुको कुनै चिन्ता नलिन प्रधानमन्त्री केपी शर्मा ओलिलाई आग्रह गरेका थिए ।

( प्रधानमन्त्री केपी शर्मा ओलिको फेसबुक वालबाट )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup