मकवानपुर जिल्ला सहकारी संघ द्वारा ताजा तथा स्वच्छ तरकारीको खरिद एवम् बिक्रिमा सहजीकरण

हेटौंडा । मकवानपुर जिल्ला सहकारी संघले मकवानपुर जिल्लामा उत्पादन भएको ताजा र स्वच्छ तरकारीको खरिद तथा बिक्री सहजीकरण शुरु गरेको छ ।

आज एक कार्यक्रमका बिच वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल तथा भुमीव्यवस्था , कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा लाई तरकारी बिक्री गर्दै कार्यक्रम शुरु गरिएको मकवानपुर जिल्ला सहकारी संघ लि.का अध्यक्ष नारायण प्रसाद देवकोटाले बताउनु भयो ।

लकडाउनका कारण किसानले उत्पादन गरेको तरकारी खेतबारीमा नै कुहिएर जाने तथा उपभोक्ताले ताजा तरकारी खान नपाई रहेको अवस्थामा किसान र उपभोक्ता दुबैको हितमा हुनेगरी यो कार्य गरेकोमा मुख्यमन्त्री डोरमणी पौडेलले सहकारी संघलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

तरकारीको घरदैलो सेवाका लागि प्रदेश सरकारले दुईवटा गाडी उपलब्ध गराएको छ भने सबै विषयगत सहकारी सँग समन्वय गरि उपभोक्ताहरुलाई सर्वसुलभ तरिकाले तरकारी उपलब्ध गराईने अध्यक्ष देवकोटाले बताउनु भयो ।

जिल्लाको उत्तरी क्षेत्र दामन पालुङ लगायत जिल्लाको अन्य क्षेत्रमा किसानले उत्पादन गरेका ताजा र स्वच्छ तरकारी उपभोक्ता समक्ष पुर्याउने उदेश्यले बिक्रि सहजीकरण सुभारम्भ गरिएको देवकोटाले बताउनु भयो ।

लकडाउन अवधिभर भारतबाट आउने तरकारीको रोक लगाउने निर्णय जिल्ला प्रशासन कार्यालयले गरेको भएपनी भारतबाट आएको तरकारी स्थानीय ब्यापारीहरुले अर्को गाडिमा पल्टी गरि स्थानीय हो भन्दै बजारमा बिक्री गर्दै आईरहेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin