मकवानपुरगढीमा सहकारी द्वारा सहुलियत दरमा मल बिक्री- प्रति बोरा युरिया ९ सय अनि डिएपी २४ सय

हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्था लि. मक्रान्चुलिमा बिक्रीका लागि गोदाममा राखिएको मल

मकवानपुरगढी । किसानहरुलाई सहज र सरल तरिकाले रासायनिक मल उपलब्ध गराउने उदेश्यका साथ मकवानपुरगढीमा रहेका विभिन्न सहकारीहरुले सहुलियत दरमा मल बिक्री गरिरहेका छन् ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्था र सोही वडामा रहेको धमिले कृषि सहकारी संस्था तथा वडा नम्बर ६ बाग्दलीमा रहेको आईपीएम कृषि सहकारी संस्थाले कृषि सामाग्री कम्पनी हेटौंडा बाट मल बिक्रीका लागि डिलरसिप लिइ सहुलियत दरमा मल बिक्री गरिरहेका छन् ।

सबै सहकारीहरुमा मल बिक्रीमा एकरुपता कायम गरि गाउँपालिका भरिका किसानहरुलाई मल उपलब्ध गराउन अनुरोध गरिएको मकवानपुरगढी गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनु भयो । साथै युरिया मल प्रती बोरा ९ सय र डिएपी मल प्रती बोरा २४ सय भन्दा बढी मुल्यमा बिक्री नगर्न निर्देशन गरिएको कृषि शाखा प्रमुख चौधरीले बताउनु भएको छ ।

सहकारीमा आवद्ध भएका सदस्य मात्र नभै गाउँपालिका भरि जुन सुकै क्षेत्रका किसानहरु आउँदा पनि प्रति किसान २ बोरा सम्म मल बिक्री गर्ने गरिएको तथा किसानहरुलाई थोरै मल आवश्यक परेको खण्डमा युरिया मल प्रति केजी रु. २०/- र डिएपी मल प्रती केजी रु. ५०/- मा उपलब्ध गराउने गरिएको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाकि ब्यवस्थापक शुभद्रा घिमिरे ले जानकारी दिनु भएको छ ।

मकवानपुरगढी गाउँपालिकामा वडा नम्बर ३ मा रहेकोे हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्था र सोही वडामा रहेको धमिले कृषि सहकारी संस्था तथा वडा नम्बर ६ मा रहेको आईपीएम कृषि सहकारी संस्थाले मल बिक्रीको लागि डिलरसिप लिएको र गाउँपालिका भरिका किसानलाई सहुलियत मुल्यमै मल उपलब्ध गराउन अनुरोध गरिएको कृषि सामाग्री कम्पनी हेटौंडाका प्रमुख छविलाल शर्मा धितालले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin