६ मंसिर, नेकपा (माओवादी केन्द्र) मकवानपुरगढी गाउपालिका वार्ड नम्बर १ डाँडागाउँमा वडा पार्टी भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य भिम पाख्रिनको प्रमुख आतिथ्यता तथा माओवादी केन्द्र मकवानपुर नेता प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन(पृथक)को विशेष आतिथ्यतामा  भएको थियो ।
भेलाले बिजय थिङको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएको छ ।कमिटिको सचिवमा मान लाल भोलन, सह- सचिवमा विशाल थिङ, कोषाध्यक्षमा विमला लामा, लगायत सदस्यहरुमा चन्द्र बहादुर लुङबा, सुजन बोम्जन, ठकर कुमारी बजगाई , लालबहादुर मोक्तान लगायत चयन भएको गढी गाउपालिका कमिटी अध्यक्ष राजकुमार खड्काले जानकारी दिए ।
त्यस्तै, कृष्णबहादुर थिङको नेतृत्वमा रहने गरि २१ सदस्यीय वाइसीएल नेपाल वडा नम्बर १ कमिटी गठन भएको छ । गढी गाउपालिका पार्टी कमिटी सदस्य डल्ले घिसिङको सभाध्यक्षतामा भएको कार्यक्रममा वाइसीएल नेपाल गढी गाउपलिका कमिटी इन्चार्ज पञ्च बहादुर गोले, वडा नेता केवी मुस्कान घलान लगायतको आतिथ्यता रहेको थियो ।
Seen by Mp Sharma Paudel at 10:29

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्