२०७८ चैत्र २३ पूर्वी मकवानपुरको बागमती गाउपालिका ८ शान्तिपुरमा रहेको श्री जनता माध्यमिक विद्यालयकका ३ शिक्षकहरु बाट सोहि विद्यालयकका बालिकाहरु माथि भएको यौन दुर्व्यवहारको बारेमा स्थलगत अवलोकन गरि फर्केका ८ वटा संघ संस्थाले संयुक्त रुपमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।
विद्यालयको कक्षा ४ देखि ८ सम्म अध्ययनरत करिब ७५ जना छात्रालाई विद्यालयका ३ जना शिक्षकले आफूहरूलाई गलत नियतले छुने गरेको बताउदै दोषीलाई विद्यालय प्रशासन बाट कारबाहीको साटो ठाकछोप गर्ने प्रयास भएको भन्दै विद्याथीहरूले मंगलबार विद्यालयमा तोडफोड तथा तालाबन्दीसमेत गरेका थिए । उनीहरूले वर्षौंदेखि शिक्षकहरूले आफूहरूलाई गलत नियतले संवेदनशील अंगमा छुने गरेको आरोप लगाएका छन् ।
चैत्र ७ गते नै बिद्यार्थीहरुले नाम किटान सहित विद्यालय प्रशासन निवेदन दिएको भएपनि दोषी शिक्षकहरुलाई गाउमै मेलमिलापको प्रयास गरेको पाईएको स्थलगत अध्ययन गर्न गएका मकवानपुरका मानव अधिकार तथा बालअधिकारसम्बन्धी संघ संस्थाहरूका प्रतिनिधिले बताएका छन् ।
यसै विषयमा छलफल गर्न मंगलबार राजनीतिक दलसहित बसेको बैठकमा चित्त नबुझेपछि विद्यार्थीहरूले विद्यालयमा तोडफोड एबं तालाबन्दी समेत गरेका थिए । ‘छात्रामाथि भएको यस किसिमको अमानवीय र जघन्य अपराधविरुद्ध प्रहरी प्रशासनबाट उचित अनुसन्धान गरी पीडित बालिकाहरूको गोपनियता, आत्मसम्मान, मनोसामाजिक अवस्था र संवेदनशीलतालाई ध्यानमा राखेर दोषीले उन्मुक्ति नपाउने गरी हदैसम्मको कारबाहीका माग गर्दछौं’, मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्धको सञ्जालका संयोजक आरती पाठकले पत्रकार सम्मेलनमा भनिन् । तेस्तै राडो नेपालका कार्यक्रम संयोजक दिपेन्द्र पाठकले त्यस विद्यालयमा सि. ओ.सी सहजीकरण र स्टिक एण्ड स्टोन कक्षा संचालन भैरहेको उक्त कक्षाहरुमा यस्ता विषयहरुमा पनि सहजीकरण हुने गर्दा त्यसको फल स्वरूप यो घटना बाहिर आएको बताउनु भयो।
भ्रमणमा सिविन हेल्पलाइन, सेलर्ड, राडो नेपाल, हिमराइट्स, शान्ति फाउण्डेशन, ग्रामीण महिला सेवा केन्द्र, सञ्चारिका समूह नारी सीप सिर्जना केन्द्र हेटौंडाका प्रतिनिधिहरू घटनाको विषयमा जानकारी लिन घटनास्थल पुगेका थिए ।
पत्रकार सम्मेलन मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्धको सञ्जालका संयोजक आरती पाठकको अध्यक्षतामा भएको थियो ।
मानव अधिकार्मिले जारी गरेको प्रेस विज्ञप्ती