बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि मकवानपुरगढी गाँउपालिकामा गठबन्धन दलको संयुक्त चुनाव प्रचार प्रसारका कार्यालय स्थापना गरिएको छ । गठबन्धन दलको संयुक्त चुनाव प्रचार प्रसारका लागि वडा नम्बर २ सिखरकटेरी तथा वडा नम्बर ५ धादिङमा कार्यालय स्थापना गरिएको हो । नेपाली काग्रेस जिल्ला सभापति बुद्ध लामा ,नेकपा माओबादी केन्द्र जिल्ला सचिब भिम पाख्रिन र नेकपा एकीकृत समाजवादीका गाँउ कमिटि सचिब रोमनाथ रेग्मिले सयुक्त रुपमा कार्यालयको उदघाटन गर्नु भएको हो ।
नेपाली काग्रेस जिल्ला सभापति बुद्ध लामाले संविधान र जनताले ल्याएको परिवर्तनलाई स्थापित गर्न गठबन्धन गरीएको र गठबन्धनको मर्म र भाबना बुझि दिन आग्रह गर्नु भयो । उहाले गठबन्धनका सबै उम्मेदवारलाई बिजयी गराउन पनि आग्रह गर्नु भएको छ ।
गाउँपालीका अध्यक्षका उम्मेदवार दोर्जे लामा स्याङतानले आफु बिजयी भए गाउमै गुणस्तरिय शिक्षा , सर्वसुलभ स्वास्थ्य सेवा , भष्ट्राचार मुक्त समाज , पुर्वाधार निर्माण र खेलकुदको क्षेत्रमा काम गर्ने प्रतिबद्धता ब्यतm गर्नु भयो । आफु जनताको चाहाना अनुसारको विकास तथा समृद्दिको यात्रामा सहयात्री बन्ने प्रतिबद्धता पनि ब्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै गाउँपालीका उपाध्यक्ष पदकी उम्मेदवार मानकुमारी पाख्रिनले गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह गर्दै आफु सासक नभई सेवक बनेर सिङ्गो पालिकाको बिकास र समृद्धिको निम्ति लाग्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा.माओबादि केन्द्र जिल्ला सचिब भिम पाख्रिन, नेकपा एकिकृत समाजवादीका गाँउ कमिटि अध्यक्ष अर्जुन प्रसाद दहाल, सचिब रोमनाथ रेग्मि , नेपाली काङ्ग्रेसका महासमिति सदस्य सुर्य बहादुर रुम्बा , नेपालि कांगेस जिल्ला सदस्य भिम कुमारी न्यौपाने, नेपालि काग्रेस क्षेत्र नम्बर २ का संघिय सचिब बलराम घिमिर, पुर्व संघिय सभापति यतिराज सापकोटा , माओबादि केन्द्र गाँउकमिटि अध्यक्ष राजकुमार खड्का , लगायतको आतिथ्यता रहेको थियो । हेटौडा टुडेबाट