मकवानपुरगढी गाउँपालिकाका मेलमिलापकर्ताहरूलाई पुनर्ताजगी तालिम


८ वैशाख २०८२
मकवानपुरगढी गाउँपालिकाका मेलमिलापकर्ताहरूलाई एक दिने पुनर्ताजगी तालिम सोमबार सम्पन्न भएको छ। मकवानपुरगढी गाउँपालिका न्यायिक समितिको आयोजनामा भएको कार्यक्रममा ८ वटा वडाका २४ जना मेलमिलापकर्ताहरूको सहभागीता रहेको थियो।
गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक मानकुमारी पाख्रीन “नेपाली”को अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका कानुन शाखा प्रमुख अधिबक्ता रामशरण लामिछानेले प्रशिक्षण प्रदान गर्नुभएको थियो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक पाख्रिनले स्थानीय तहमा देखिने विवाद समाधानमा न्यायिक समितिले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।उहाँले न्यायलाइ सहज बनाउन वडा तहबाटै मेलमिलाप केन्द्रलाई व्यवस्थित गर्दै लगिने बताउनु भयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछानेले न्यायिक समितिलाई प्रभावकारी बनाउनको लागि आफ्नो तर्फबाट पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक लामिछानेले मेल मिलापकर्ताको काम कर्तव्य र अधिकारको विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमका सहभागीहरुले मेलमिलाप केन्द्र व्यवस्थित नहुँदा काम गर्न समस्या भएको गुनासो गरेका छन् । कार्यक्रममा न्यायक समिति सदस्य शुकराम थिङ, रामप्रसाद चौरेल, मकवानपुरगढी गाउँपालिकाका प्रशासन प्रमुख रघुनाथ हुम्मागाई ,महिला बालबालिका शाखा प्रमुख सावित्री सापकोटा , वडा कार्यालयका सचिव तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
साथै मकवानपुरगढी गाउँपालिका स्तरीय मेलमिलाप संयोजकमा विकास थिङ मनोनीत हुनुभएको छ। मकवानपुरगढी गाउँपालिका न्यायिक समितिको आज बसेको बैठकले संयोजकमा थिङ्लाई चयन गरेको हो।
गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक मानकुमारी पाख्रीन नेपालीको संयोजकत्वमा बसेको बैठकले आठ वटै वडाको वडा संयोजक पनि चयन गरेको छ।
वडा नम्बर १ मा मनमाया लो, वडा नं २ मा रामप्रसाद पुडासैनी, वडा नं ३ मा नवराज सन्जेल,वडा नं ४ मा मलीमाया गोले, वडा नम्बर ५ मा यज्ञ प्रसाद तिमल्सिना, वडा नम्बर ६ मा कृष्ण प्रसाद चौलागाईं, वडा नम्बर ७मा चन्द्रबहादुर योन्जन, वडा नं ८ मा गोकुल देवकोटा संयोजक चयन हुनुभएको छ । उत्कृष्ट मेलमिलापकर्ता संगीता घिमिरे घोषित हुनुभएको छ।

Flash News Slide Uncategorized राजनीति समाचार स्थानीय