मकवानपुरको राक्सिराङमा चट्याङ लागेर २ जना घाइते भएका छन्।
शुक्रबार दिउँसो पानीसंगै परेको चट्याङ लागेर राक्सिराङ गाउँपालिकामा २ जना व्यक्ति घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो राक्सिराङ ०१ रामचे मा स्थानीय ३०/३५ वर्षीय मिथुन मोक्तान र सोही स्थान बस्ने अन्दाजी २२ वर्षीया सुर्जामाँया स्यान्तान चट्याङ लागेर घाइते भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिएका छन् ।
चट्याङ लागेर घाइते दुवैको हेटौंडा अस्पतालमा उपचार भइरहेको, घाईते मिथुन मोक्तानको घाँटी, नाकमा चोट अबस्था मध्यम रहेको र सुर्जामाँयाको बाहिर चोटपटक नदेखिएको प्रहरीले जनाएको छ ।उनीहरुलाई घरमै बसिरहेको अवस्थामा चट्याङ लागेको थियो।

