मकवानपुरगढी गाउँपालिकाले नदिजन्य पदार्थ उत्खननमा लगायो रोक

मकवानपुरगढी गाउँपालिकाले आफ्ना क्षेत्रभित्र पर्ने प्रमुख खोलाहरुमा नदिजन्य पदार्थ (बालुवा, गिट्टी, ढुङ्गा) उत्खनन कार्यमा अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै सामरी खोला, ज्यामिरे खोला, खैरेनी खोला, फुडदल खोला तथा सुकौरा खोलामा अबको सूचना जारी नभएसम्मका लागि नदिजन्य पदार्थ उत्खननमा रोक लगाएको जनाएको हो ।

साथै स्टक प्रमाणित नभएका ढुंगा तथा नदिजन्य सामग्री उत्खनन गर्न प्रयोग गरिने हेभी मेशिन तथा अन्य सवारी साधनको प्रवेशसमेत निषेध गरिएको छ ।  सूचनामा भनिएको छ, “केही गरी सूचनाको उल्लंघन गर्दै नदिजन्य पदार्थ उत्खनन गरिएको पाइएमा कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिनेछ ।”

यससँगै गाउँपालिकाबाट यसअघि विभिन्न मितिमा सरोकारवालाहरुलाई प्रदान गरिएका उत्खनन अनुमति पत्रहरू समेत खारेज गरिएको जानकारी दिइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इञ्जिनियर सुधन लामिछानेद्वारा हस्ताक्षरित सूचनामा सरोकारवालाहरूलाई गाउँपालिकाको निर्णयको पूर्ण पालना गर्न अनुरोध गरिएको छ ।

गाउँपालिकाले खोलाको दोहन र वातावरणीय सन्तुलनलाई ध्यानमा राखी यस्तो निर्णय गरेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *