मकवानपुरगढीमा वैदेशिक रोजगारीमा गएका मध्ये फागुन देखि यता १७ जना फर्किए

मकवानपुरगढी गाउँपालिका कार्यालय , मक्रान्चुली
विदुरप्रसाद लामिछाने , स्वास्थ्य शाखा प्रमुख मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढी , मकवानपुरगढी गाउँपालिका बाट रोजगारीको क्रममा विभिन्न देशमा गएका मध्ये फागुन महिना देखि यता अहिलेसम्ममा १७ जना मानिसहरु फर्किएका छन् ।

विश्वमै कोभिड १९ अर्थात् कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि विभिन्न देशबाट ती मानिसहरु फर्किएका हुन् । फर्किएका मध्ये भारत बाट ८ जना , मलेसियाबाट ३ जना , दुबईबाट ३ जना र साउदी, कतार जापानबाट १-१ जना रहेको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विदुर लामिछानेले बताउनु भएको छ ।

ती ब्यक्तिहरु महिनाको हिसाबले फागुनमा – ५ जना र चैत्रमा – १२ जना आएका हुन् भने ती मध्ये महिला – ३ जना र पुरुष – १४ जना रहेका छन् । जसमा ब्राह्मण/ क्षेत्री – ८ जना , जनजाती – ७ जना , मुसलमान – १ जना र दलित – १ जना भएको स्वास्थ्य प्रमुख लामिछानेले जानकारी दिनु भयो ।

कोभिड १९ ( कोरोना भाइरस ) का कारण संसारभरमा पछिल्लो तथ्यांकअनुसार अहिलेसम्ममा १० लाख १५ हजार आठ सय सतहत्तर जना संक्रमित भएका छन् भने सोही भाइरसका कारण ५३ हजार दुई सय अठार जनाको ज्यान गैसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । जसमध्ये धेरै संक्रमित भएको देशमा अमेरिका रहेको छ , त्यहाँ अहिलेसम्ममा २ लाख ४५ हजार एक सय तिरानब्बे जना संक्रमित भएका छन् भने ईटालीमा सबैभन्दा धेरै १३ हजार नौ सय पन्ध्र जनाको मृत्यु भैसकेको छ ।

रेडियो मकवानपुरगढी

Leave a Reply

Your email address will not be published. Required fields are marked *