जेष्ठ १८,२०७८

रेडियो मकवानपुरगढी-देश कोरोना महामारीको दोस्रो लहरबाट आक्रान्त भईरहेको समयमा यस बिरुद्धको लडाईमा सहयोग गर्ने उद्धेश्यले सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) मकवानपुरले मकवानपुरगढी गाँउपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
कोरोना महामारीको प्रभाव न्युनिकरण गर्ने अभिप्राय सहित ३ थान अक्सिमिटर, २ थान नेबुलाईजर, १ थान थर्मलगन, १५ थान फेससिल्ड, ८०० थान मास्क , १० लिटर स्यानिटाईजर, १०० थान ग्लोब्स हस्तान्तरण गरिएको मकवानपुरगगढी फेकोफनका स्थानिय परियोजना संयोजक सुशन दहालले जानकारी दिनुभएको छ ।
स्वास्थ्य सामाग्री ग्रहण गर्दै मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले फेकोफनको सहयोग सराहनिय रहेको र यस संस्थाले जस्तै सबैले समुदायको हकहितको लागि सोचि, सबै एकजुट भएमा मात्र यस महामारी बिरुद्धको लडाईं जित्न सकिने कुरा व्यक्त गर्नुभयो ।
फेकोफन बाग्मति प्रदेश सचिवालय सदस्य रामहरि चौलागाईले सोमबार गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको कार्यकक्षमा उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा फेकोफन मकवानपुरका अध्यक्ष साधुराम चौलागाई , स्थानिय महासंघ मकवानपुरगढीका अध्यक्ष बलराम अधिकारि , हेटौंडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनि, स्वास्थ्यशाखा प्रमुख ध्रुव प्रसाद लामिछाने लगायतको उपस्थिती रहेको थियो ।