९ बैशाख २०७९ नेपाली काग्रेस निकट नेपाल महिला सघंको आयोजनामा मकवानपुरगढी ३ का ८ जना ज्येष्ठ तथा एकल महिलालाई सम्मान गरिएको छ । नेपाल महिला संघ मकवानपुरगढी ३ का सभापति ईन्दीरा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल महिला संघ जील्ला कमिटी सचिव निलम देबकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा ३ नम्बर वडा भित्रका ८ जना ज्येष्ठ तथा एकल महिलाहरुलाई खादा ओडाएर सम्मान गरिएको छ । सम्मानित हुनेमा गोरीमाया पाख्रीन, कृष्ण कुमारी घिमिरे , हिम कुमारी तिमल्सीना, शसी कुमारी खड्का, शान्ति कुमारी खड्का , मिरा दहाल, ठुलीमाया पाख्रिन र सिता हुँमागाई रहनु भएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस जील्ला सदस्य भीम कुमारी न्यौपान, वडा नम्बर ३ का सभापति बिजय लामा थोकर ,काँग्रेस पालीका सल्लाकार शत्रुघन दुलाल , बिस्णु प्रसाद न्यौपाने लगायतकाको आतिथ्यता रहेको थियो ।