नेकपा एमाले मकवानपुरगढी ३ को सुशासन टोल कमिटीको आयोजनामा चुनाबी भेला भएको छ । एमाले जिल्ला सचिवालय सदस्य हरि कडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरगढी गाउँ पालिका सहसचिव चन्द्र योन्जन ,३ नम्बर वडाको नेकपा एमालेका वडा अध्यक्षका उमेदवार भागबत घिमिरे , वडा सदस्यको उमेदवारहरु मन्जु योन्जन, प्रेम बहादुर थोकर, बिदुर हुमगाइ , बिमला बिक लगायतको आतिथ्यता रहेको थियो ।
भेलालाइ सम्बोधन गर्दै एमाले जिल्ला सचिवालय सदस्य हरि कडेलले बिकास र सम्बृदीको लागि एमालेको जित आबस्यक रहेको बताउनु भयो । मकवानपुर गढी गाउँपलिकामा एमाले नेतृत्वको स्थानीय तह सरकारले ५ बर्षको अबधिमा नमुना लायक काम गरेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्षका उमेदवार भागबत घिमिरेले ५ बर्सिय कार्यकालमा वडामा दिर्घकालिन भिजनका साथ काम गरेको बताउनु भयो । सडक , पुल , खाने पानी , शिक्षा ,स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम भएको भन्दै बाकी रहेका अधुरा कामहरु पूरा गर्न आफ्नो उमेदवारी रहेको बताउनु भयो ।कुमार रुम्बाको अध्यक्षतामा भएको कार्यक्रममा टोल बासि को उपस्थिती रहेको थियो ।