काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलाको एक लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलाको एक लाख १८ हजार ४५० रुपेयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको एक हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
