हेटौंडामा कोरोना संक्रमित दुइजनाको मृत्यु, मकवानपुरमा थप १४४ जनामा कोरोना संक्रमण

अमिर परिश्रमी

१८ जेष्ठ २०७८, मंगलवार- मकवानपुरको हेटौंडामा थप २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुबै जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । उनिहरुको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा हेटौंडा ८ की ७५ वर्षीया महिला र हेटौंडा ११ की ७८ वर्षीया महिला रहेका छन् ।

हेटौंडा ११ की वृद्धामा जेठ ३ गते कोरोना पुष्टि भएको र गएराति मृत्यु भएको हो भने हेटौंडा ११ की वृद्धामा जेठ १६ गते कोरोना पुष्टि भएको र आज बिहान ४ बजे मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९४ जना पुगेको छ ।

यसैगरी मकवानपुरमा आज थप एक सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५५ जना पीसीआर परिक्षणबाट र अरु ८९ जना भने एन्टीजेन परिक्षणबाट कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जनपत्र अनलाईनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin