अमिर परिश्रमी
१८ जेष्ठ २०७८, मंगलवार
मकवानपुरगढी- मकवानपुरगढीमा मंगलबार १ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४ जना भने संक्रमणमुक्त भएका छन् । संक्रमण पुष्टि हुनेमा वडा नम्बर ५ कि १ जना १ जना महिला रहेकि छन् । उनीको एण्टिजेन परिक्षणमा संक्रमण पुष्टि भएको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारी दिनुभयो ।
यसैगरी गाउँपालिका भरमा आजसम्म १४ दिन पार गरि ८९ जना संक्रमणमुक्त भएका छन् ।
आजको रेकर्ड सँगै मकवानपुरगढीमा कोभिड १९ को दोस्रो लहरबाट संक्रमित हुनेको संख्या १५७ पुगेको छ। यसै गरि आजको दिनसम्ममा ७१ जना होमआईशन र १ जना हेटौंडा अस्पतालमा उपचाररत रहेको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो ।
सोमबार ४ संक्रमणमुक्त हुँदा ६ जना संक्रमित थपिएका थिए ।
यसैगरी मंगलबार सम्ममा मकवानपुरगढीका वडा नम्बर ५ का १जना महिला र १ जना पुरुष गरि २ जनाको कोरोनाकै कारण ज्यान गएको छ । यसैगरी वडा नम्बर ८ का १ जना पुरुष तथा वडा नम्बर ३ कि १ जना महिलाको पनि कोभिड कै कारण ज्यान गएको छ । उनीहरु मध्ये हेटौंडा अस्पतालमा २ जना र भरतपुरको CMC अस्पतालमा २ जनाको उपचारको क्रममा मृत्यु भएको हो । यो सँगै कोभिड संक्रमणबाट मकवानपुरगढीमा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ ।शुभ बिहानी अनलाईनबाट साभार