रेडियो बुलेटिनको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम पुस १७ गते हुने

रेडियो बुलेटिन एफ. एम. ८९.७ मेगाहर्जको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम हुने भएको छ।
भिमफेदी गाउपालिका वडा नं.१ सानुटारमा रहेको श्री राष्ट्रिय माध्यमिक विधालयको प्राङ्गणमा कार्यक्रम हुने भएको हो।
कार्यक्रम पुस १७ गते अर्थात भोलि शनिबार बिहान ९ बजे देखि सुरु हुने रेडियो बुलेटिनका प्रबन्ध निर्देशक अनिल कुमार खातीले जानकारी दिनुभएको छ।उहाँले कार्यक्रममा मुटुसम्बन्धी समस्याहरु, मधुमेह रोग सम्बन्धी, श्वास प्रश्वास सम्बन्धी रोग, टाउको दुख्ने, पेट दुख्ने, पोल्ने, चक्कर लाग्ने, हात खुट्टा दुख्ने झम्झमाउने र निःशुल्क ल्याव परिक्षण, इसिजीका साथै सम्पुर्ण दीर्घ रोग सम्बन्धित चेकजाँच एवम् परामर्श सेवा गरिनुका साथै निशुल्क औषधी बितरण पनि गरिने जानकारी दिनुभएको छ ।
निशुल्क स्वास्थ्य शिविर कार्यक्रम अवधिभर बिभिन्न रोग सम्बन्धी सेवा दिनको लागि डा. बसिम राइ, डा.सचिन थापा, डा.राहुल पाण्डे, डा.प्रकृती सिटौला, डा.मुकेश कार्कीलगायत डाक्टरहरुको सहभागीता रहने रेडियो बुलेटिनमा प्रबन्ध निर्देशक खातीले जानकारी दिनुभएको छ ।
उक्त निःशुल्क स्वास्थ्य शिबिरको हेटौँडा सिटी अस्पतालले प्राविधिक सहयोग गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin