पिप्ले-मक्रान्चुली-शिखरकटेरी सडकखण्डमा स्ल्याब ढलान शुरु

पिप्ले-मक्रान्चुली-शिखरकटेरी सडकखण्डमा स्ल्याब ढलान कार्य शुरु गरिएको छ । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई र वडा नं ३ का वडाध्यक्ष भागवत घिमिरेले संयुक्तरूपमा आज वडा नं ४ को मनकामना चोकमा स्ल्याब निर्माणको सिलान्यास गर्नुभएको छ ।

बागमती प्रदेश सरकारको ८६ लाख लगानीमा उक्त सडकखण्डमा स्ल्याब निर्माण कार्य हुन लागेको हो । सो लागतमा ८८८ घनमिटर अर्थात् करिब आठसय पचास मिटर बाटो ढलान हुने निर्माण कम्पनीका प्रोपाइटर युवराज सापकोटाले बताएका छन् । हेटौंडा-११ मा रहेकोे प्रदेश समृद्धि कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले सडक निर्माणको ठेक्का पाएको छ ।

सो सडक खण्ड अन्तरगतको मकवानपुरगढी गाउँपालिकाको वडा नं २,३ र ४ का अति आवश्यक स्थानहरुमा सडकलाई पक्की बनाउन लागिएको वडा नं ३ का वडाध्यक्ष भागवत घिमिरेले बताउनु भएको छ ।

सडक निर्माण पश्चात् प्रदेश राजधानी हेटौंडाको नजिकै रहेको गाउँपालिका कार्यालय जानेबाटो हेटौंडा तर्फको सबै सडक पक्की हुने तथा गाउँपालिका कार्यालयबाट शिखरकटेरी तर्फको अप्ठ्यारो ठाउँहरुमा पनि पक्की गरिने हुँदा दुबै तर्फबाट आवतजावत गर्न धेरै नै सहज हुने गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले बताउनुभयो ।

आफुहरु निर्वाचित भएर आएपछी गाउँपालिका भित्रका बाटोघाटो लगायत भौतिक पुर्वाधार तर्फ धेरै नै काम भएको भन्दै अध्यक्ष हुमागाईले कृषि , पर्यटन लगायतका क्षेत्रमा पनि धेरै कामको शुरूवात गरिएको बताउनुभएको छ ।

४ वर्ष अघि यस सडकखण्डका धेरै ठाउँहरु कच्चा रहि ओहोरदोहोर गर्न सारै समस्या परिरहेको अवस्थाबाट पछिल्ला समय निर्माणले तिब्रता पाएपछि अहिले धेरै नै सहज भएको छ । सोही सडकखण्ड अन्तरगत हेटौंडा-५ पिप्लेकुना भण्डारी खोल्सी नजिक रहेको कच्ची बाटो पनि अहिले हेटौंडा उपमहानगरपालिकाको लगानीमा स्ल्याब ढलान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin