२०७८ फागुन २०,
मकवानपुरगढी २ मा सक्रिय रहेको सक्षम युवा संजालको आयोजनामा मकवानुरगढी २ शिखरकटेरीमा बाल अधिकार शिर्षकमा कविता प्रतियोगिता सम्पन्न भएको छ संजालका उपाध्यक्ष हृदयराज थिङ्गको सभाअध्यक्षता तथा चण्डिका बाल समुहकी अध्यक्ष सन्ध्या बास्कोटाको प्रमुख आथित्यमा भएको प्रतियोगितामा ९ जना बालबालिकाहरुले भाग लिनुभएको थियो ।
कार्यक्रम संचालन गर्न प्लान ईन्टरनेशनल नेपाल तथा ग्रामीण महिला सेवा केन्द्रको साझेदारीमाको नेतृत्व र निर्णय कार्यक्रम अन्तर्गत रही पुरस्कार तथा अन्य सहयोग गरिएको ग्रामीण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दिपक न्यौपाने दिप ले जानकारी दिनु भयो ।
बालबालिकाहरुलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउने अद्देश्यका साथ कार्यक्रम गरिएको संजालका उपाध्यक्ष थिङ्गको भनाई छ ।
कार्यक्रममा क्रमस सन्ध्या बास्कोटा प्रथम मल्लिका पुडासैनी द्धितीय प्रतिक्षा वि.क तृतीय र पुर्णिमा वि.क सान्त्वना हुनुभएको थियो ।
कार्यक्रमको निर्णायकको रुपमा चण्डिका मा.बिका शिक्षक देबराज तिमल्सिना रहनु भएको थियो भने ग्रामीण महिला सेवा केन्द्रका सामाजिक व्यवहार परिवर्तन संचार सहजकर्ता, सामाजिक परिचालिका को समेत उपस्थिती रहेको थियो
कार्यक्रम सक्षम युवा संजालकी सचिब अबिशा गोलेले संचालन गर्नुभएको थियो ।