२०७९ बैशाख १५ – बाल श्रम सम्बन्धी पाचौ बिश्व सम्मेलन दक्षिण अफ्रिकाको डर्बनमा मे १५ देखी २० सम्म हुदैछ । सो विश्व सम्मेलनमा नेपालले उठान गर्नु पर्ने कुरा समेट्न बाल श्रम बिरुद्व राष्टि्य कार्यशाला NACG को आयोजना, राष्टि्य बाल संरक्षण संजाल NCPA को संयोजन र world vision international को आर्थीक प्राबिधिक सहयोग काठमाण्डौमा सम्पन्न भएको छ ।
NACG को अध्यक्ष बेनुमाया गुरुङ्को सभाध्यक्षतामा भएको कार्यक्रममा राष्टि्य बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन राज धरेल, साईवाकका महानिर्देशक एबं UNCRC समितीका सदस्य डा रेन्चेल छोपेल, महिला बालबालिका तथा जेष्ट नागरिक मन्त्रालयका उप सचिब शान्ती राज प्रसाई, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शाखा अधिकृत श्याम दहाल, राष्टि्य बाल संरक्षण संजाल को अध्यक्ष प्रकाश खतिवडा, कार्यपत्र प्रस्तुत कर्ता NCPA को निबर्तमान अध्यक्ष ऋतु भट्ट राई , बालबालिका प्रतिनिधी साईवाक गर्भनिगं बोर्ड सदस्य प्रेनुषा पाण्डे , NCCG का co chair किरण थापा, बर्ल्ड भिजनका दिलिप गिरी, श्याम अधिकारि, भरत तामागं, आई एल ओ का नारायण भट्टराई, प्लानको सुनिल हाकाजु, राष्टि्य नेटवर्क का डा कृष्ण सुबेदी, माधब प्रधान, तिलोतम पौडेल, रबिन नेपाली, नरेन्द्र डंगोल, बाल अधिकार अभियन्ताहरु चन्द्रिका खतिवडा, तारक धिताल, कुमार भट्टराई, निना महर्जन, का साथै अनिता पाण्डे, ज्ञान भक्त महर्जन, तोयनाथ तिवारी, नुर जंग शाह, गौरब केशी, मणीराम आचार्य, प्रतिक्षा केशी, ८.७ एलायन्स का नुतन शर्मा, लगायत बालबालिकाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत एवं कार्यक्रमको औचित्य माथी स्पस्ट प्रकाश खतिवडा , नेपालमा बाल श्रमको अबस्था, सरोकार र सुझाब को
कार्यपत्र ऋतु भट्ट राई बाट प्रस्तुत गर्नु हुदै उहाले नेपालमा बाल श्रमको अबस्था , नेपालको निती गत र कानुनी प्रतिबद्वता, सरकार का राम्रो कामको अभ्यास, सबल पक्ष र बाल श्रम अन्यको लागी अबको पाटो को बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । यसको साथै कार्पेट र गार्मेन्ट उधोगमा बाल श्रम संग गरिएको अध्ययनको मुख्य सवाल को बारेमा World vision international का दिलिप गिरी ले प्रस्तुति गर्नु भएको थियो । उक्त प्रस्तुतिमा खुला छलफल हुदा बालबालिका र बाल अधिकार अभियन्ता बाट सुझाब प्रस्तुत गरिएको थियो ।
बाल अधिकार अभियन्ता , नागरिक समाज र बालबालिकाहरुबाट प्राप्त सुंझाबलाई संकलन गरि प्रतिबेदन नै बनाई दक्षिण अफ्रीकाको डर्बनमा हुने बाल श्रम सम्बन्धी पाचौ बिश्व ब्यापी सम्मेलनमा सहभागी हुने सरकारि र गैरसरकारि संस्थाका प्रतिनिधी मण्डललाई हस्तान्तरण गर्ने हाम्रो आगामी योजना रहेको छ ।